Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा छूट

सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा छूट

अर्थ प्लस
सिटिजन्स बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा छूट

काठमाडौँ, साउन १० । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशतसम्म छूट पाउने भएका छ । सिटिजन्स बैंक र काभ्रेपलान्चोकको धुलिखेलमा रहेको उक्त रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छूट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट करीब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार