Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्राइम बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डमा दियो निवेदन

प्राइम बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डमा दियो निवेदन

अर्थ प्लस
प्राइम बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौँ, साउन १० । प्राइम कमर्सियल बैंकले ऋणपत्र ल्याउने प्रक्रिया शुरु गरेको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख इकाई भएको ‘प्राइम बैंक डिबेन्चर–२०९१’ नामक ऋणपत्र जारी गर्नेछ। जसमा कम्पनीले १८ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १२ लाख इकाई सार्वजनिक निष्कासन मार्फत् बिक्री गर्ने योजना बनाएको छ ।

१० वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउने कम्पनीले बताएको छ । उक्त ऋणपत्रको निष्कासन तथा  बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार