Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

पेन्सन कोषको ४६ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक

पेन्सन कोषको ४६ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक

अर्थ प्लस
पेन्सन कोषको ४६ करोड रुपैयाँ मुद्दति निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौँ, साउन १० । नेपाल राष्ट्र बैंकले पेन्सन कोषमा रहेको कुल ४६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा राख्न लागेको छ ।

केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त रकम राख्न लागेको जानकारी दिएको हो ।  राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ। बैंक तथा वित्तीय संस्थाहरुले साउन १७ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख छ।

केन्द्रीय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड ९० लाख रुपैयाँ र  ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ३० लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिने छ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले आह्वान गरेको छ। २०८१ साउन १७ गतेदेखि २०८२ साउन १७ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले बताएको छ।

 

सम्बन्धित समाचार