Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images
सेयर बजार

सेयर बजारमा वित्तीय विवरणको प्रभाव : नेप्सेमा २५.६३ अङ्कको गिरावट, १७७ कम्पनीको मुल्य घट्दा साढे ७ अर्बबढीको कारोबार

सेयर बजारमा वित्तीय विवरणको प्रभाव : नेप्सेमा २५.६३ अङ्कको गिरावट, १७७ कम्पनीको मुल्य घट्दा साढे ७ अर्बबढीको कारोबार

सेयर बजारमा वित्तीय विवरणको प्रभाव : नेप्सेमा २५.६३ अङ्कको गिरावट, १७७ कम्पनीको मुल्य घट्दा साढे ७ अर्बबढीको कारोबार

काठमाडौ, ७ माघ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । 

आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो । अधिकांश बैंकहरूको खराज कर्जामा सुधार नआएको र नाफा घटेको कारण यसको प्रभाव सेयर बजारमा देखिएको हो।

आज ६४ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज हाइड्रोपावर र अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ । 

जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार