Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

शेयर बजारमा करेक्सनः नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार, अबको यात्रा कता ?

शेयर बजारमा करेक्सनः नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार, अबको यात्रा कता ?

अर्थ प्लस
शेयर बजारमा करेक्सनः नेप्से २० अकंले घट्दा साढे १९ अर्बको कारोबार, अबको यात्रा कता ?

काठमाडौँ, साउन १४ । शेयर बजारमा आज दिनभरी उतार चडाब देखियो । घटबढ भइरहेको बजार अन्तिममा आएर करेक्सन भएको छ । पछिल्ला केहि दिन यता निरन्तर बढी रहेको बजार आज केहि सामान्य करेक्सन आएको हो । यसदिन लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि भएको देखिन्छ ।

हिजो मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको थियो । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । ब्याजदर बढ्न नदिने ब्यवस्था समेत रहेको छ ।

मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने अपेक्षामा बैंकको शेयर मूल्य वृद्धि भएको शेयर विश्लेषकहरुको धारणा रहेको छ। बजारले अब सकारात्मक यात्रा नै तय गर्ने आम लगानीकर्ताको भनाइ रहेको छ । बजारले नयाँ रेकर्ड राख्ने तर्क जानकारहरुले गर्दै आइरहेको छन् । अर्थमन्त्री विष्णु पौडेल आएदेखि खुसीयाली आएको बजारमा मौद्रिक नीतिले थप राहत दिएको हो ।

शेयर बजारमा करेक्सन आवश्यक रहेको हुँदा अब बजारले नयाँ यात्रा तय गर्ने एक जानकारले बताए । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २६६०.९३ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ४४ करोड ५२ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।

आज शिवम सिमेन्ट, कुमारी बैंक, नेपा इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको शेयर सर्वोधिक खरिद बिक्री भएको हो ।

सम्बन्धित समाचार