Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट

अर्थ प्लस
सिटिजन्स बैंकका ग्राहकलाई चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं, साउन १५  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बीच सिटिजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार