Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

अर्थ प्लस
६४ अकंले बढ्यो नेप्सेः करिब २२ अर्बको कारोबार हुँदा उत्साहित शेयर लगानीकर्ता

काठमाडौं, साउन १६  शेयर बजारमा उछाल आइरहेको छ । बजारमा आएको रौनकले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुन्छ । अहिले नियामक निकायले देखाएको सक्रियताले लगानीकर्ताको मनोबल निकै दरिलो बन्दै गइरहेको छ । जसको कारण बजारले समेत निरन्तर उचाईको यात्रा तय गरी रहेको हो ।

बजारले अब नयाँ रेकर्ड राख्ने तर्क लगानीकर्ताहरुले गर्दै आइरहेका छन् । आज कारोबार रकमले निकै ठुलो फड्को मारेको छ । कारोबार रकमले वर्षौअगाडिको रेकर्ड तोडेको हो । कारोबारमा आएको उचाईले बजार थप माथि जाने संकेत भइरहेको छ । मौद्रिक नीतिले शेयर बजारमैत्री नीति ल्याउँदा मार्केटमा सकारात्मक सुधार आएको हो ।

अर्थमन्त्रालय र राष्ट्र बैंकबीचको समन्वय बढेको, ब्याजदर घटने क्रममा रहेको र अर्थतन्त्रले समेत सुधारको यात्रा तय गरी रहेको बेला बजारले नयाँ बुल दिने विश्वास लगानीकर्ताले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलिको सरकार बनेदेखि बजारले बुलको यात्रा तय गरिरहेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । बुधबार बैंकिङ समूहको १.०४ प्रतिशत, विकास बैंक समूहको ३.२१ प्रतिशत, फाइनान्स समूहको ८.०८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज १३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

सम्बन्धित समाचार