Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

‘लक्ष्मी उन्नती कोष’को प्रतिफल घोषणा, कति पाउने भए इकाईधनीले ?

‘लक्ष्मी उन्नती कोष’को प्रतिफल घोषणा, कति पाउने भए इकाईधनीले ?

अर्थ प्लस
‘लक्ष्मी उन्नती कोष’को प्रतिफल घोषणा, कति पाउने भए इकाईधनीले ?

काठमाडौं, साउन १६  लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक तथा लक्ष्मी सन्राइज क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ । 

कम्पनीद्वारा सञ्चालित ‘लक्ष्मी उन्नती कोष’ र ‘लक्ष्मी भ्यालु फन्ड २’ नामक बन्द मुखी योजनाहरूको आर्थिक २०८०/८१ को लेखापरिक्षण गरी इकाई धनीलाई लाभांश घोषणा गरेको हो ।  साउन १४ गते बसेको संचालक समितिको १४४ औँ बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि ‘लक्ष्मी उन्नती कोष’ का इकाई धनीहरुलाई कर सहित ७/५५ प्रतिफल  र “लक्ष्मी भ्यालु फन्ड २” का इकाई धनीहरुलाई कर सहित ४/५५ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

साथै “शुभ लक्ष्मी कोष” नामक खुला मुखी योजनाको आर्थिक २०८०/८१ को लेखापरिक्षण कार्य सम्पन्न भई योजना व्यवस्थापकको साउन १४ गते बसेको सञ्चालक समितिको सोही बैठकले आर्थिक वर्ष २०८०/८१ को  लागि सो योजनाका इकाई धनीहरुलाई कर सहित ७/५५ प्रतिफल  वितरण गर्ने निर्णय गरेको हो ।

 ‘लक्ष्मी उन्नती कोष’ एक खुला मुखी योजना हो । यस योजनाका इकाई धनीहरुले आफूले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो करपछिको लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरू खरिद गर्न सक्ने समेत सुविधा रहेको छ । 

यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सक्नु भएका योग्य इकाई धनीहरुको हितग्राही खातामा यथासिघ्र इकाईहरू पठाइने ब्यहोरा समेत अवगत गराउँदछौ ।

सम्बन्धित समाचार