Logo

Sep 12 2026 | २०८३, भदौ २७गते

images

२८ सयको मनोवैज्ञानिक विन्दु परीक्षणपछि बिक्रेता हावी हुँदा बजारमा करेक्सन

२८ सयको मनोवैज्ञानिक विन्दु परीक्षणपछि बिक्रेता हावी हुँदा बजारमा करेक्सन

अर्थ प्लस
२८ सयको मनोवैज्ञानिक विन्दु परीक्षणपछि बिक्रेता हावी हुँदा बजारमा करेक्सन

काठमाडौं, साउन १७ साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ हजार ८०० विन्दुको मनोवैज्ञानिक परीक्षणपछि करेक्सन भएर बन्द भएको छ । यो दिन बजार ५.२९ अंकले घटेर २ हजार ७५५.६२ विन्दुमा आइपुगेको छ ।  त्यस्तै यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२९ अंकले घटेर ४९२.७५ विन्दुमा आइपुगेको छ ।

यो दिन ३३२ कम्पनीको ५ करोड १३ लाख कित्ता शेयर खरिदबिक्री २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यो दिन करिब २० करोड रुपैयाँले कारोबार रकम घटेको छ । अघिल्लो कारोबार दिन बुधबार २१ अर्ब ९१ करोड रुपैयाभन्दा माथिको कारोबार भएको थियो । 

यो दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योन्स छ ।उक्त कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट,सीईडीबी हाइड्रो पावर डेभलपमेन्ट, नेपाल फाइनान्स र नेपाल इन्फाष्ट्रचरको ४१ करोड रुपैयाँदेखि ४३ करोड ८१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

नेप्से सूचक लगातार बढेपछि बजारमा सामान्य करेक्सन आउनुलाई स्वाभाविक मानिन्छ ।यो दिनको बजारलाई हेर्दा करेक्सन आएका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । बजारले  २ हजार ८०० विन्दुको परीक्षण गरेको हुँदा लगानीकर्ताहरु आगामी बजारको प्रतीक्षामा छन् । बजारको अन्तिम समयमा सेलिङ प्रेसर हुँदा बजार सामान्य करेक्सन भएको लगानीकर्ताहरु बताउँछन् ।


यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये वित्त, होटल एन्ड टुरिजम,लगानी, जीवन बीमा,निर्जीवन बीमा र म्युचुअल फन्ड उपसमूहको शेयरमूल्य घटेको छ भने बाँकी उपसमूहको शेयरमूल्य बढेको छ । यो दिन जीवन बीमा उपसमूहको शेयरमूल्य सवैभन्दा बढी अर्थात् ३.६९  प्रतिशतले बढेको  छ। त्यस्तै लगानी उपसमूहको २.७४  प्रतिशते शेयरमूल्य बढेको छ ।

यो दिन आठ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो डेप्लोपर्स, शुभम् पावर,कुथेलीबुखारी स्मल हाइड्रो पावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रो पावर कम्पनी छन्।
त्यस्तै,  सामान्य घटेको बजारमा पिपुल्स हाइड्रो पावर, प्रभु बैंकको डिबेन्चर, रसुवागढी हाइड्रो  पावर, अपरसोलु हाइड्रो इलेक्ट्रिसिटी र मन्दाकिनी हाइड्रोपावर कम्पनीको  शेयरमूल्य ६.५५ प्रतिशतदेखि ९.१३ प्रतिशतले घटेको छ ।


यसैगरी, सवैभन्दा बढी शेयरमूल्य व्यापार उपसमूहको ३.५४ प्रतिशतले घटेको छ । त्यसैगरी, हाइड्रोपावर उपसमूहको शेयरमूल्य पनि १.९० प्रतिशतले घटेको छ ।आजको बजारको विषयमा लगानीकर्ता तथा  नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँको संस्थागत शेयर कर्जा सीमाको बारेमा स्पष्ट नपारेको कारणले गर्दा लगानीकर्ताहरु दोधारमा पर्दा बजार अघि बढ्न बाधा पुगको बताए  । 
उनले भने,‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि बुधबार जारी गरेको सर्कुलरमा २० करोडको ऋणमा खुलेर बोलिदिएन भन्ने बजारमा हल्ला चल्यो, त्यसकारण बाधा सृजना भयो तर पनि बजार चाहिं बलियो भएको छ ।’

सम्बन्धित समाचार