Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

अर्थ प्लस
कमजोर कम्पनीको सेयरमूल्य बढेकोमा अर्थमन्त्रीको चिन्ता, चलखेल रोक्न नियामकलाई निर्देशन

काठमाडौं, साउन १८ । अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा हुने अनुचित गतिविधि रोक्न नियामक निकायलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पौडेलले यस्तो निर्देशन दिएको बताएका हुन् । पौडेलले सेयर बजारमा हुने कुनै पनि इन्साइडर ट्रेडिङमा नियामक निकाय चनाखो हुनुपर्ने समेत बताएका छन् ।  

पौडेलले सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण अंग भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन पनि नियामकलाई निर्देशन दिएको बताएका छन् । ‘कुनै पनि प्रकारले सेयर बजारलाई प्रभावित पार्ने क्रियाकलाप हुनु हुँदैन भनेर सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका् छु,’ उनले भने,‘ सेयर बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई परिपक्व ढंगले अघि बढाउनु आवश्यक छ ।’

उनले सेयर किनबेच गर्दा टीएमएसमा देखिएको समस्यालाई समाधान गर्न समेत अध्ययन गर्न निर्देशन दिएको बताएका छन् । उनले सेयर बजारमा लगानी गर्नपूर्व कम्पनीको वित्तीय अवस्था हेरेर मात्रै लगानी गर्न समेत लगानीकर्तालाई सुझाव दिएका छन् । अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिमा समन्वय हुनु पर्नेमा पनि जोड दिए ।  

सम्बन्धित समाचार