Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

अर्थ प्लस
सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

काठमाडौँ, साउन ३० । सानिमा बैंक लिमिटेडका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा।लि।मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्टसँग छुटको व्यवस्था गरेसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।  

सानिमा बैंकको सानिमा भिसा डेबिटरक्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप ९क्यूआर स्क्यान० प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।  

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

सम्बन्धित समाचार