Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

अर्थ प्लस
नेपाल एसबिआई बैंकको सीईओमा दीपक कुमार दे पुनः नियुक्त

काठमाडौँ , भदौ २० । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते समाप्त हुँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । दे बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।  

सम्बन्धित समाचार