Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

महालक्ष्मी बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट बीच सम्झौता

महालक्ष्मी बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट बीच सम्झौता

अर्थ प्लस
महालक्ष्मी बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट बीच सम्झौता

काठमाडौं, भदौ २५ । यहीँ भाद्र २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार विभिन्न सार्वजनिक/सामुदायिक शैक्षिक संस्थाहरूमा आवश्यक स्तरोन्नति तथा शौचालयहरू निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आवश्यक समन्वय तथा सहयोग गर्नेछ ।

यस बाट संयुक्त राष्ट्र संघले अख्तियार गरेको दिगो विकास लक्ष्य ‘सफा पानी र सरसफाईमा सबैको पहुँच’ हासिल गर्न सहयोग पुग्ने साथै बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा शौचालय सुविधाहरूमा पहुँच अभिवृद्धि गर्ने बैंकको नीति अनुरूप प्रभावकारी रूपमा कार्यान्वयन गर्न समेत सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।

सम्बन्धित समाचार