Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

पुर्वाधार बैंकको गलत सुचना : राष्ट्र बैंकले भन्यो १० वर्ष नपुगी लकइन खुल्दैन

पुर्वाधार बैंकको गलत सुचना : राष्ट्र बैंकले भन्यो १० वर्ष नपुगी लकइन खुल्दैन

पुर्वाधार बैंकको गलत सुचना : राष्ट्र बैंकले भन्यो १० वर्ष नपुगी लकइन खुल्दैन

काठमाडौं,१० माघ । नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकको संस्थापक सेयर खरिद बिक्रीको लक इन नखुल्ने बताएको छ। पुर्वाधार बैंकले एक सुचना जारी गर्दै संस्थापक सेयर धनीतर्फको १२ करोड ९६ लाख कित्ता सेयर लक इन खुल्ने भन्दै सुचना प्रकाशित गरेपनि राष्ट्र बैंकले भने १० वर्ष नपुगी त्यस विषयमा कुनै प्रक्रिया अघि नबढ्ने बताएको हो ।

‘वाफिया अनुसार बैंक तथा वित्तिय संस्थाको सेयर १० वर्ष नपुगी कुनै पनि हिस्सा कन्भरजन वा परिवर्तन गर्न मिल्दैन,’ राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक गुरु पौडेलले भने,’ अहिले धितोपत्र बोर्डको व्यवस्था अनुसार पुर्वाधार विकाश बैंकले सुचना प्रकाशित गरेको हो तर संस्थापकहरूको सेयर बिक्रीवितरण गर्न पाउने होईन ।’ उक्त व्यवस्था अनुसार ५ वर्ष पछि पुर्वाधार बैंकका सेयर धनीहरूले सेयर धितो राखेर कर्जा भने लिन सक्ने उनले जानकारी दिए ।

धितोपत्र वोर्डले केही समय अधि सुचिकृत कम्पनीहरूको लकइन खुल्नुपुर्व सर्वसाधारण सेयरधनीलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको थियो। पूर्वाधार बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै फागुन २३ गतेपछि संस्थागत सेयरधनीले लकईनमा राखेको सेयरको लक इन अवधि समाप्त हुने बताएको हो । गत मंसिर २५ मा नेपाल धितोपत्र बोर्डले लकइन अवधि समाप्त हुनुपूर्व नै जानकारी दिनुपर्ने बताएकाले उक्त सूचनामार्फत जानकारी गराएको बैंकले जानकारी दिएको छ ।

 

सम्बन्धित समाचार