Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

अर्थ प्लस
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजारले बढ्यो

काठमाडौं , भदौ २८ । घरेलु बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।  

बिहिबार दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको छ । 

सम्बन्धित समाचार