Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज अमेरिकी एक डलरको बिक्री दर १३४.५३ रुपैयाँ र कुवेती एक दिनारको ४४०.९४ रुपैयाँ पर्ने, अन्यलाई कति ?

आज अमेरिकी एक डलरको बिक्री दर १३४.५३ रुपैयाँ र कुवेती एक दिनारको ४४०.९४ रुपैयाँ पर्ने, अन्यलाई कति ?

अर्थ प्लस
आज अमेरिकी एक डलरको बिक्री दर १३४.५३ रुपैयाँ र कुवेती एक दिनारको ४४०.९४ रुपैयाँ पर्ने, अन्यलाई कति ?

काठमाडौं , भदौ ३१ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी एक डलरको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४८ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७५ रुपैयाँ ७६ पैसा र बिक्रीमा १७६ रुपैयाँ ५५ पैसा र स्वीस फ्र्याङ्क एकको खरिद मूल्य १५७ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १५८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । 

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७८ पैसा र बिक्री दर ९० रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ०२ पैसा, सिङ्गापुरे डलर एकको खरिद मूल्य १०३ रुपैयाँ २० पैसा र बिक्री मूल्य १०३ रुपैयाँ ६६ पैसा  र जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । 

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९० पैसा, मलेसियन रिंग्गिट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रुपैयाँ २८ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ १२ पैसा तथा कुवेती दिनार एकको खरिदमा ४३८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४४० रुपैयाँ ९४ पैसा तोकिएको छ । 

विस्तृत तालिकामा हेर्नुस् 

Binimaya.JPG

सम्बन्धित समाचार