Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ, असोज २ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ । 

सम्बन्धित समाचार