Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

अर्थ प्लस
सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, सस्तिदै चाँदी पनि

काठमाडौँ , असोज ३ । संविधान दिवसको दिन अर्थात आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । 

बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज घटेर तोलामा १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । 

यता, चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा झरेको छ । यसअघि भने प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित समाचार