Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो बोडी, च्याउदेखि फलफूलम्मको भाउ

आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो बोडी, च्याउदेखि फलफूलम्मको भाउ

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको बजार मूल्य, महँगियो बोडी, च्याउदेखि फलफूलम्मको भाउ

काठमाडौं, असोज ७ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार हरियो खुर्सानी, बन्दा, बोडी, घिरौला र फर्सीलगायतको भाउ बढेको छ ।

यसअघि प्रतिकेजी ७५ रुपैयाँ रहेको हरियो खुर्सानीको भाउ बढेर आज ९५ रुपैयाँ पुगेको छ भने लोकल बन्दा ५५ रुपैयाँ, तराई बन्दा ४५ रुपैयाँ, मकै बोडी प्रतिकेजी २० रुपैयाँले बढेर ९५ रुपैयाँ कायम भएको छ । 

यसैगरी, घिरौला प्रतिकेजी ८५ रुपैयाँ, डल्लो फर्सी ३५ रुपैयाँ, हरियो प्याज २२६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७० रुपैयाँ, चुकुन्दर ७५ रुपैयाँ, भारतीय सुन्तला १२० रुपैयाँ, हरियो तरबुजा ७५ रुपैयाँ, मौसम १२० रुपैयाँ, हाइब्रीड काक्रो २७ रुपैयाँ ६७ पैसा, निबुवा ५० रुपैयाँ र लोकल नासपाती १२५ रुपैयाँ तोकिएको छ । 

 

 

सम्बन्धित समाचार