Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

अर्थ प्लस
पक्राउ पर्ने सङ्केत पाएका लामिछानेको प्रधानमन्त्री ओलीलाई सन्देश–न्यूयोर्कबाट आँखा नसन्काउनुस्

काठमाडौं, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्यूयोर्कबाट आँखा नसन्काउन सन्देश पठाएका छन् । 
 
आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका सञ्चालक जोशी  पक्राउ परेपछि उनले प्रधानमन्त्रीलाई यस्तो सन्देश पठाएका हुन् । 

जोशीपछि प्रहरी आफ्नो पछि लागेको संकेत पाएका लामिछानेले आइतबार राति सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई फर्केर आउएपछि बसेर संवाद गर्ने उल्लेख गरेका छन् । 

लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, “न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू। फर्केर आउनूस्। बसेर कुरा गरौँ। सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न। बाँकी भोलि...।”

सभापति लामिछानेले सरकारले सहकारी पीडितलाई न्याय दिने नियतले नभइ प्रतिशोध राखेको आरोपसमेत लगाएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग हाल अमेरिकाको न्यूयोर्क पुगेका छन् । 

सम्बन्धित समाचार