Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा छुट दिने सम्झौता

एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा छुट दिने सम्झौता

अर्थ प्लस
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिद गर्दा छुट दिने सम्झौता

काठमाडौँ, असोज ९ । एनआईसी एशिया बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुनेगरी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम बैंकका ग्राहक महानुभावहरुले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्ने छन् ।

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको यो छुट सम्झौताले बैंकका ग्राहकहरुलाई विशेष गरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै, ग्राहकहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्ने समेत बैंकले विश्वास लिएको छ ।

सम्बन्धित समाचार