Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरू दुसित थानीमा आकर्षक छुट पाउने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरू दुसित थानीमा आकर्षक छुट पाउने

अर्थ प्लस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकहरू दुसित थानीमा आकर्षक छुट पाउने

शुक्रवार, असोज ११ २०८१
काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले दुसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकहरूलाई आकर्षक छुट दिलाउन बैंकले दुसित थानी हिमालयन रिसोर्टसँग सम्झौता गरेसँगै ग्राहकहरूले लाभ पाउने भएका हुन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र दुसित थानी हिमालयन रिर्सोट, धुलिखेलबिच भएको सम्झौता बमाजिम बैंकका ग्राहकहरूले फुड एण्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेवसाइटमा पनि हेर्न सकिने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार