Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै

सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै

अर्थ प्लस
सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै

काठमाण्डौ, असोज ११ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यससँगै विगत ६ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।    

यसअघि असोज १० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार