Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

अर्थ प्लस
बाढीपहिरोमा परेर ६० जनाको मृत्यु, ६४ जना बेपत्ता

काठमाडौँ, असोज १२ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो।

सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा १ सिन्धुपाल्चोकमा २ र दोलखामा २ जनाको मृत्यु भएको छ । यस्तै घटनामा ३४ जना घाइते समेत भएका छन् । शुक्रबार अपराह्न ४ बजेदेखि हालसम्म यो सङ्ख्यामा मृत्यु र बेपत्ताको विवरण सशस्त्र प्रहरीले सार्वजनिक गरेको हो। सोही अवधिमा २ हजार १०३ जनाको सकुशल उद्धार समेत गरिएको छ ।

download.jpg

सम्बन्धित समाचार