Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

अर्थ प्लस
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै

काठमाडौं, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कदै छन् । प्रधानमनत्री ओली आज अपराह्न ४ बजे स्वदेश आई पुग्नेछन् । 

उनी महासभामा भाग लिन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । 

न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । 

 

उनी अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । 

भ्रमण टोलीमा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत रहेका छन् ।

सम्बन्धित समाचार