Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
कर्पोरेट

मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

काठमाडौ, ११ माघ । मनकामना केवलकारका ग्राहकहरूले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन प्रा.लि. र मेरिना इम्पेक्सबिच बिहिबार भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुनजुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् । 

सम्झौतामा मनकामना दर्शन प्रा.लि.का तर्फबाट यशु श्रेष्ठ र  मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरूले मनकामना दर्शनले उपलब्ध गराउने कुपन पेस गर्नु पर्नेछ ।

त्यसैगरी मेरिना इम्पेक्सका ग्राहकहरूले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिसत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरूलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउनेछ । उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरूलाई १० प्रतिशत छुट दिनेछ । 

सम्बन्धित समाचार