Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघ्यो, मेटाको सेयरमूल्यमा ६४% को वृद्धि

मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघ्यो, मेटाको सेयरमूल्यमा ६४% को वृद्धि

अर्थ प्लस
मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघ्यो, मेटाको सेयरमूल्यमा ६४% को वृद्धि

काठमाडौं, असोज १४ । मेटाका सीईओ मार्क जुकरबर्गको सम्पत्ति २ सय अर्ब डलर नाघेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति २०१ अर्ब डलर पुगेको हो ।  

यससँगै उनी विश्वको धनाढ्यको सूचीमा चौथो स्थानमा रहेका छन् । यो वर्ष मात्रै जुकरबर्गको सम्पत्ति ७३.४ अर्ब डलरले बढेको छ ।

हाल विश्वमा २ सय अर्ब भन्दा बढी सम्पत्ति भएका मस्कसहित ४ जना छन् । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति २७२ अर्ब डलर रहेको छ । यस्तै अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति २११ अर्ब डलर र रसेल आर्नल्टको सम्पत्ति २०७ अर्ब डलर रहेको छ ।  

यषे वर्ष मेटाको सेयरमूल्य ६४ प्रतिशतले बढिसकेको छ । 

सम्बन्धित समाचार