Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

अर्थ प्लस
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

काठमाडौं, असोज १५ । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् ।प्राकृतिक विपद्मा १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीको भनाई छ ।

सम्बन्धित समाचार