Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम, केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, असोज २० । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

सोही कारण अहिले देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा भने हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । कोशी र बागमती लगायत अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार