Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थ प्लस
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ , कात्तिक १ । घरेलु बजारमा आज पनि सुनको मूल्यले नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन १३ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि असोज ३० गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।    

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार