Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

नियमित सञ्चालनमा आयो मनकामना केबलकार

नियमित सञ्चालनमा आयो मनकामना केबलकार

अर्थ प्लस
नियमित सञ्चालनमा आयो मनकामना केबलकार

काठमाडौँ, कात्तिक २ । मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । 
 
उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

 केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको  इच्छकामना गाउँपालिका ४ चेरेसमा छ।

सम्बन्धित समाचार