Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडादेखि हरियो सागसम्मको भाउ

आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडादेखि हरियो सागसम्मको भाउ

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको बजार मूल्य, बढ्यो गोलभेडादेखि हरियो सागसम्मको भाउ

काठमाडौं, कात्तिक ३ ।  काठमाडौँमा आज शनिबार गोलभेडा, आलु, गाजर, करेला, परवरदेखि हरियो सागसम्मको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसारक आज लोकल सानो गोलभेडाको भाउ बढेर प्रतिकेजी ११० रुपैयाँ पुगेको छ भने टनेल गोलभेडा १३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, रातो आलुको भाउ प्रतिकेजी ८७ रुपैयाँ ६७ पैसा, रायो र पालूगो साग ११० रुपैयाँ, चमसूरो साग २२६ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ पुगेको छ । 

त्यस्तै, घिउ सिमी प्रतिकेजी ७० रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, ब्रोकाउली १२२ रुपैयाँ ५० पैसा र कन्य च्याउ १३० रुपैयाँ पुगेको छ । 

सम्बन्धित समाचार