Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख सहयोग

अर्थ प्लस
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभरको ५० लाख सहयोग

काठमाडौं , कात्तिक ६ । युनिलिभर नेपालले बाढीपहिरो प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

असोज दोस्रो साताको विनासकारी बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद् घडीमा पीडितका लागि राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत पीडितहरूको दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशक सीईओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार