Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

अर्थ प्लस
पश्चिमी र स्थानीय वायुसँगै चक्रवात ‘दाना’को आंशिक प्रभाव : कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

काठमाडौँ, कात्तिक ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’को आंशिक प्रभाव समेत रहेको छ ।

हाल कोशी प्रदेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । 

शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति कोशी प्रदेशलगायत  कर्णाली र सुदुरपश्चिम  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो कोशी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति कोशी प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार दिउँसो कोशी प्रदेश लगायत देशका  पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

सम्बन्धित समाचार