Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

मौसम पूर्वानुमानः पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमानः पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अर्थ प्लस
मौसम पूर्वानुमानः पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १३ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित समाचार