Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ प्लस
सुनको मूल्य नयाँ उचाईमा, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, कात्तिक १३ । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज भने बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि गत कात्तिक ११ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले घट्दै प्रतितोला २ हजार १०५ रुपैयाँ पुगेको छ । 

सम्बन्धित समाचार