Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको तरकारी र फलफूलको बजार मूल्यः बढ्यो प्याज, ब्रोकाउलीदेखि च्याउसम्मको भाउ

आजको तरकारी र फलफूलको बजार मूल्यः बढ्यो प्याज, ब्रोकाउलीदेखि च्याउसम्मको भाउ

अर्थ प्लस
आजको तरकारी र फलफूलको बजार मूल्यः बढ्यो प्याज, ब्रोकाउलीदेखि च्याउसम्मको भाउ

काठमाडौं, कात्तिक १५ । काठमाडौँमा आज सुकेको प्याज, काउली, ब्रोकाउली, हरियो सागदेखि च्याउलगायतका तरकारी र फलफूलको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुकेको प्याजको भाउ बढेर प्रतिकेजी १०३ रुपैयाँ ५० पैसा पुगेको छ । 

त्यस्तै, लोकल गाजर र स्थानीय काउली प्रतिकेजी १३० रुपैयाँ, तराई गाजर ११० रुपैयाँ, सेतो मूला ३५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ, पिंडालू ७५ रुपैयाँ, पालूगो साग १२८ रुपैयाँ, चमसूरको साग १७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १३५ रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, रातो बन्दा ९५ रुपैयाँ, हरियो धनिया १७६ रुपैयाँ ६७ पैसा र सुकेको लसुन २९० रुपैयाँ तोकिएको छ । 

सम्बन्धित समाचार