Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आज पनि सुनको मूल्य हालसम्मकै उच्च कायम

आज पनि सुनको मूल्य हालसम्मकै उच्च कायम

अर्थ प्लस
आज पनि सुनको मूल्य हालसम्मकै उच्च कायम

काठमाडौं, कात्तिक १५ । घरेलु बजारमा आज सुनको मूल्य आज पनि नयाँ उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

यसअघि गत कात्तिक १४ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको थियो । 

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला २ हजार ०९० रुपैयाँ पुगेको छ । 

सम्बन्धित समाचार