Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

अर्थ प्लस
मौसम पूर्वानुमानः यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक २३ । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

सम्बन्धित समाचार