Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको फलफूल तथा तरकारीको बजार मूल्य ?

आजको फलफूल तथा तरकारीको बजार मूल्य ?

अर्थ प्लस
आजको फलफूल तथा तरकारीको बजार मूल्य ?

काठमाडौं, कात्तिक २३ । कलिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारीको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आजको बजारमा नेपाली टमाटर ठूलो प्रतिकेजी थोक मूल्य ६० देखि ७० रुपैयाँ रहेको छ । साथै सानो टमाटर ३५ देखि ४० र गोलभेडा सानो (टनेल) ४० देखि ५० रुपैयाँ प्रतिकेजी रहेको छ । विहिबारको तुलनामा आज टनेल टमाटरको भाउ प्रतिकेजी झण्डै २५ रुपैयाँ घटेको हो ।

त्यसैगरी भारतीय प्याज प्रतिकेजी १२० देखि १२५ रुपैयाँ केजी रहेको छ । साथै शुक्रबारको बजारमा ६० देखि ६५ रुपैयाँ थोक मूल्य रहेको चाइनिज प्याजको भाउ आज भने झण्डै ५५ रुपैयाँले बढेको समितिको विवरणमा उल्लेख छ ।

त्यसैगरी नेपाली लसुन २९० देखि ३०० प्रतिकेजी रहेको छ । लसुनको भाउ १० रुपैयाँले बढेको छ । साथै चाइनिज लसुन १६५ देखि १७० रुपैयाँ प्रतिकेजी विक्रि वितरण भइरहेको छ । चाइनिज लसुनमा विहिबारकै भाउ कायम रहेको छ ।

सम्बन्धित समाचार