Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लुक्लामा एकैदिन १ सय ८४ उडान

लुक्लामा एकैदिन १ सय ८४ उडान

अर्थ प्लस
लुक्लामा एकैदिन १ सय ८४ उडान

काठमाडौं, कात्तिक २३ । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा बिहीबार एकैदिन एक सय ८४ वटा हवाइ उडान भएको छ।  उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै बिहीबार हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन्। जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ वटा उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए। 

बिहीबार हवाइ सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार उक्त संख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।

 

नाम्चेबाट बिहीबार चार सय ७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ।

सम्बन्धित समाचार