Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसम : आंशिक बदलीदेखि वर्षासम्म

आजको मौसम : आंशिक बदलीदेखि वर्षासम्म

अर्थ प्लस
आजको मौसम : आंशिक बदलीदेखि वर्षासम्म

काठमाडौं, कात्तिक २४ । केही प्रदेशमा आज वर्षाको सम्भावना छ । कोसी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।

सम्बन्धित समाचार