Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

‘दराज ११.११’ योजनाका लागि सानिमा बैंकले गर्‍यो सहकार्य

‘दराज ११.११’ योजनाका लागि सानिमा बैंकले गर्‍यो सहकार्य

अर्थ प्लस
‘दराज ११.११’ योजनाका लागि सानिमा बैंकले गर्‍यो सहकार्य

काठमाडौं, कात्तिक २६ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने जनाइएको छ ।

छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३५ प्रति वर्षका दरले, २४ महिना सम्मका लागीे मासिक किस्ताबन्दीसुविधा पनि प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो योजना आजदेखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार