Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

शुक्रबार एक सयले बढ्यो सुनको मूल्य

शुक्रबार एक सयले बढ्यो सुनको मूल्य

अर्थ प्लस
शुक्रबार एक सयले बढ्यो सुनको मूल्य

काठमाडौं, कात्तिक ३० । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख  ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि  तोलामा ५ रुपैयाँले बढेको छ । आज  चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार २६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ३५ रुपैयाँ ५० पैसा कायम भएको छ ।

सम्बन्धित समाचार