Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

आजको मौसम पूर्वानुमानः पहाडी भू–भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमानः पहाडी भू–भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

अर्थ प्लस
आजको मौसम पूर्वानुमानः पहाडी भू–भागका एक-दुई स्थानमा वर्षाको सम्भावना

काठमाडौं, मंसिर १ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

सम्बन्धित समाचार