Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ प्लस
बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

शुक्रबार, ०७ मङ्सिर २०८१
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । यस्तै महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  जसअनुसार शुक्रबार तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको हो । 

सम्बन्धित समाचार