Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

वीरगन्जजबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

वीरगन्जजबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

अर्थ प्लस
वीरगन्जजबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

७ मंसिर २०८१
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग२ख १६२१ नम्बरको बस ब्रेक फेल भई आज बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएको हो।

दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ। अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै चार जना भारतीय छन्। घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका छन्।

प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पुर्‍याएको छ। सबै घाइतेको उपचार हेटौँडा अस्पतालमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए।

बसमा १८ जना यात्रु सवार रहेकामा चालकसहित १७ जना घाइते भएका हुन्। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार