Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ?

सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ?

अर्थ प्लस
सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं, मंसिर ११ । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउमा गिरावट आएको छ।  सुनको मूल्य मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार