Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

अर्थ प्लस
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, मंसिर १६ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँले घटेर एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो ।

सम्बन्धित समाचार