Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

२०३६ मा थापाथलीको प्रसूतिगृहमा जन्मेका भुटानका राजा काठमाडौंमा, स्वयम्भूमा पूजापाठ

२०३६ मा थापाथलीको प्रसूतिगृहमा जन्मेका भुटानका राजा काठमाडौंमा, स्वयम्भूमा पूजापाठ

अर्थ प्लस
२०३६ मा थापाथलीको प्रसूतिगृहमा जन्मेका भुटानका राजा काठमाडौंमा, स्वयम्भूमा पूजापाठ

काठमाडौै, मंसिर २१ । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक निजी भ्रमणको सिलसिलामा काठमाडौं आएका छन् ।

वाङचुकलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले विमानस्थलमा स्वागत गरेकी थिइन् । रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।

विमानस्थलबाट उनी सिधै स्वयम्भू गएका हुन् । उनी सिनामंगल–तिनकुने–नयाँबानेश्वर–माइतीघर–थापाथली–त्रिपुरेश्वर–टेकु–कालिमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भूनाथ गएका थिए ।

स्वयम्भूमा दर्शन र पूजापाठ गरेपछि उनी बौद्धनाथ जाने कार्यक्रम छ । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।

भुटानका राजाको काठमाडौं आगमनलाई लक्षित गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ । गत बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले रिहर्सल गरेको थियो ।

४५ वर्षीय राजा नामग्याल थापाथलीस्थित प्रसूति गृहमा जन्मेका थिए। प्रसूति गृहको ‘डेलिभरी केस’ सम्बन्धी दर्ता पुस्तिकामा उनको जन्म ९ फागुन २०३६ मा बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ। 

उनको जन्मसम्बन्धी विवरण प्रसुतिगृहमा रहेको ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण पुस्तिकामा यो विवरण छ। अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा। दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्। स्व. मल्ल राजा त्रिभुवनीका ल्याइतेतर्फकी श्रीमतितर्फकी छोरी हुन्। 

वर्तमान राजा जिग्मे काठमाडौंमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा।दिव्येश्वरीले पाएकी थिइन्।

नारायणहिटी राजदरबारको जाँचबुझ केन्द्रमा समेत काम गरिसकेका गृह मन्त्रालयका तत्कालीन उपसचिव ताम्ला उक्यावका भनाइमा– गर्भमा रहेको बच्चालाई जन्म दिन याङ्दोन आफ्ना दुई दिदी–बहिनीका साथ २०३६ मंसिरताका काठमाडौं आएकी थिइन्। 

राजाको तर्फबाट गर्भवती भए पनि वर्तमान राजा नामग्याल जन्मँदा तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन। ​

जिग्मे सिग्मेले याङ्दोनका चार दिदी–बहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्। तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्।

सम्बन्धित समाचार